स्वास्थ्य क्षेत्रमा भइरहेका विभिन्न अनियमितताको बिरुद्धमा आमरण अनसनमा बसिरहनु भएको 'डा. गोविन्द केसी' को समर्थनमा आज धरानमा पनि र्यालि निकालिएको छ। विपी कोइराला स्वास्थ्य प्रतिष्ठान र इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत रहेको पूर्वाञ्चल क्याम्पस का बिद्यार्थीहरुको संयुक्त सहकार्यमा र्याली निकालीएको हो। उक्त र्यालीमा डा. केसीको समर्थनमा लेखिएका पम्प्लेट पोस्टर बोकेर सयौ बिद्यार्थिहरु सहभागि थिए। आआफ्ना क्याम्पसबाट निकालिएका ती र्यालीहरु धरानको भानुचोकमा जम्काभेट भएका थिए। त्यसपछि सामूहिक नाराबाजी सहित धरान बजार परिक्रमा गरि पून भानुचोकमा फर्किएर उक्त र्याली चोकसभामा परिणत भएको थियो। उक्त सभामा गोविन्द केसीका माग चाडो भन्दा चाडो सुनवाई हउन भन्दै मैनबत्ति समेत बालेर कामना गरिएको थियो। उक्त सभामा दुवै क्याम्पसका केही विद्यार्थीले मन्तव्य राखेका थिए। यसै गरि डा. केसीको समर्थनमा प्ले कार्ड बोकेर दिनभर बजार घुम्दै राख्ने बासु प्रसाद चालिसे ले पनि आफ्ना कुरा राखे। उनले २ दिन बिराटनगर ३ दिन इटहरी र ४ दिन धरान घुमेका छन्। सबैको एउटै आवाज 'डा.केसीको जीवन रक्षा गरी उनका माग संबोधन गर'भन्ने थियो।
14 likes
  • paudelpadamprasadस्वास्थ्य क्षेत्रमा भइरहेका विभिन्न अनियमितताको बिरुद्धमा आमरण अनसनमा बसिरहनु भएको 'डा. गोविन्द केसी' को समर्थनमा आज धरानमा पनि र्यालि निकालिएको छ। विपी कोइराला स्वास्थ्य प्रतिष्ठान र इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत रहेको पूर्वाञ्चल क्याम्पस का बिद्यार्थीहरुको संयुक्त सहकार्यमा र्याली निकालीएको हो। उक्त र्यालीमा डा. केसीको समर्थनमा लेखिएका पम्प्लेट पोस्टर बोकेर सयौ बिद्यार्थिहरु सहभागि थिए। आआफ्ना क्याम्पसबाट निकालिएका ती र्यालीहरु धरानको भानुचोकमा जम्काभेट भएका थिए। त्यसपछि सामूहिक नाराबाजी सहित धरान बजार परिक्रमा गरि पून भानुचोकमा फर्किएर उक्त र्याली चोकसभामा परिणत भएको थियो। उक्त सभामा गोविन्द केसीका माग चाडो भन्दा चाडो सुनवाई हउन भन्दै मैनबत्ति समेत बालेर कामना गरिएको थियो। उक्त सभामा दुवै क्याम्पसका केही विद्यार्थीले मन्तव्य राखेका थिए। यसै गरि डा. केसीको समर्थनमा प्ले कार्ड बोकेर दिनभर बजार घुम्दै राख्ने बासु प्रसाद चालिसे ले पनि आफ्ना कुरा राखे। उनले २ दिन बिराटनगर ३ दिन इटहरी र ४ दिन धरान घुमेका छन्। सबैको एउटै आवाज 'डा.केसीको जीवन रक्षा गरी उनका माग संबोधन गर'भन्ने थियो।

Log in to like or comment.